युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औँ जन्मजयन्तीको राजधानी लगायत मुलुकभर विविध कार्यक्रम गरि मनाइदै छ।
सिद्धिचरण स्मृति प्रतिष्ठानले बुधबार राजधानीको ओमबहालमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण गरी स्मृति सभा तथा कविगोष्ठी गरि मनाएको छ।
कार्यक्रममा साहित्यकारहरु डा. आनन्ददेव भट्ट, मोदनाथ प्रश्रित, डा. अभि सुवेदी, श्यामदास बैष्णव, सुवर्ण शाक्य, रामकृष्ण दुवाल लगायतले श्रेष्ठको शालिकमा माल्यार्पण गरेर श्रेष्ठलाई सम्झिएका थिए।
प्रकृतिवादी तथा स्वतन्त्र छन्दमा साहित्य सिर्जना गरेका युगकवि श्रेष्ठले नेपाली तथा नेपाल भाषामा थुप्रै कृति प्रकाशित छन्।