अफगानिस्तानको काबुलमा गत रात भएको तालिवानी आक्रमणमा परी चार नेपाली घाइते भएका छन् । काबुलबाट पत्रकार सुवेल भण्डारीले जनाएअनुसार आक्रमणमा तीन जनाको ज्यान गएको छ । यसअघि घटनामा एक नेपाली सुरक्षागार्ड मारिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । सेतोपाटी मृत्युको समाचारप्रति क्षमायाचना गर्दछ ।
शुक्रबार राति तालिबानले गराएको शक्तिशाली कार बम विस्फोटमा परी दुई अफगानी सर्वसाधारण र एक अफगानी प्रहरी मारिएका हुन् । एक जना इटालियाली गम्भीर घाइते भएको सुवेलले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को आवासगृहमा तालिवानी हमला भएको हो ।