सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागद्वारा विशेष अदातलमा मुद्दा दायर गरिएका गुन्डा नाइके गणेश लामालाइ शनिबार दिउँसो राजधानीबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन्। उच्च सुरक्षा स्रोतले लामा बसन्तपुरबाट ४ बजे पक्राउ परेको जानकारी दिएको हो । अनुसन्धान भइरहेको भन्दै प्रहरीले लामा पक्राउबारे थप सूचना दिन अस्वीकार गरेको छ ।
अघिल्लो सातामात्रै विभागले २७ करोड १ लाख रुपैँया कमाएको अभियोगसहित लामाविरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामा खुलेआम हिँडीरहँदा पनि विभाग र केन्द्रीय अनुसन्धान ब्यूरीयोको हानाथापले लामालाइृ अदालतमा अभियुत्त फरार भन्दै उनीविरुद्द मुद्दा मुद्दा दर्ता गराएको थियो।
उनीसहित गुन्डा नाइकेहरु चक्रे मिलन, दिपक मनाङे, परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विभागले मुद्दा दर्ता गरेर जिल्ला अदालतमार्फत वारेन्ट जारी गरिसकेको छ।
चक्रे मिलन हिरासतमै छन् भने अन्य तीन जना गुन्डा नाइके 'फरार' छन् ।