डाक्टरी अक्षर भन्नासाथ सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भन्ने गरिन्छ । तर, वीर अस्पतालका डाक्टरले भने अक्षर सुधार्दै छन् । सबैलेबुझ्ने गरि अंग्रेजी ठूला अक्षरमा औषधिको नाम लेख्न अस्पताल प्रशासनले डाक्टरलाई निर्देशन दिएको आजको नयाँ त्रिकामा खबर छ ।
अस्पताल प्रशासनले विरामीलाई दिने औषधिको नाम लेख्दा बुझिने गरी लेख्न डाक्टरहरुलाई निर्देशन दिएको हो । बिरामीको रिपोर्ट कार्डमा औष्धि खाने मात्रा र समय पनि नेपाली अक्षरमा स्पष्ट बुझ्ने गरि लेख्न डाक्टरलाई निर्देशन दिएको छ ।