ताप्लेजुङको सदरमुकाम नजिकै हाङदेवा गाविसमा १७ अमेरीकी नागरिक लुटीएका छन्।
रिसर्चको लागि ताप्लेजुङको याम्फुदिन पुगेर फर्कदै गरेका अमेरीकी नागरिकको समूह नै सदरमुकाम नजिकैको हाङदेवा गाविसमा लुटिएको प्रहरीले जनाएको छ।
हाङदेवाको आसहाङ पार्टीमा बास बसेका अमेरीकी नागरिकहरुको गए राति अन्दाजी १२ बजे ५ हजार नेपाली रुपैंया, ३ सय अमेरिकी डलर, ३ वटा क्यामरा र दुईवटा मोवाईल सेट लुटिएको हो।
घटनाका संलग्न भएको आरोपमा राति नै दसी प्रमाण सहित ४ जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी गोबिन्दप्रसाद आचार्यका अनुसार प्रहरीले पक्राउ गरेकामा हाङदेवा ३ बस्ने १३ बर्षिय रोशन लिम्बु,सोहि ठांका १६ बर्षिय बीरहाङ मादेन,सोहि ठांउका कुमार श्रेष्ठ,१३ बर्षिय सुरेश मादेन तथा १४ बर्षिय प्रकाश मादेन रहेका छन्।
यो ठाँउबाट सदरमुकाम फुङलिङ आई पुग्न करिव एक घण्टा लाग्छ।